एमालेकाे पाेखरा महानगरकाे चुनावी घाेषणापत्र, माेनाेरेल सञ्चालन गर्ने
काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने
नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महानगरपालिकाकाे घाेषणापत्रमा काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने, माेनाेरेल मेट्राेरेल सञ्चालनका लागि अध्ययन गर्ने लगायतका एजेण्डा समावेश गरिएकाे छ ।
एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । शनिबार एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलकाे उपस्थितिमा भएकाे कार्यक्रममा सार्वजनिक गरिएकाे घोषणापत्रमा रेलमार्ग, मोनोरेल र मेट्रोरेल सञ्चालन तथा अध्ययन गर्ने भनिएको छ ।
घाेषणापत्रमा एमालेले सर्वहारा, श्रमजीवी, मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति र सम्पूर्ण जाति, भाषा, संस्कृति एवम् देशभक्त तथा न्यायप्रेमी जनसमुदायको हितको प्रतिनिधित्व गर्ने उल्लेख गरिएकाे छ ।
एमाले नेतृत्वकाे स्थानीय सरकारबाट मात्र पोखरा महानगरपालिकालाई समृद्ध, वैभवशाली र अन्तर्राष्ट्रिय स्तरको विकसित सहर
बनाउन सकिने दाबी घाेषणापत्रमा गरिएकाे छ ।
महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्ने, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने जनाएको छ ।
एमालेले जनप्रतिनिधि शासक नभई जनताका सेवक हुने, सामाजिक जागरण र विकासका अभियन्ता हुने संकल्प घोषणापत्रमा गरेको छ ।
त्यस्तै एमालेको नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमुना बन्ने सदाचारी जनप्रतिनिधि बन्ने, भ्रष्ट्राचार नगर्ने लगायतका संकल्प समेत घोषणापत्रमा उल्लेख गरिउको छ ।
भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेमाथि कानुनी कार्वाहीको दायरामा पुर्याउन जनप्रतिनिधिले भूमिका खेल्ने उल्लेख गरिएको छ ।

