चुनावी कार्यक्रमका क्रममा कांग्रेस नेता शशांक काेइराला अस्वस्थ

 नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अस्वस्थ हुनुभएकाे छ ।

चुनाव प्रचार प्रसारका क्रममा नवलपरासीमा रहेका बेला एक्कासी बेहाेस हुनुभएकाे बताइएकाे छ । काेइरालाकाे सचिवालयका अनुसार आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट चुनावी प्रचार प्रसारका लागि खट्ने क्रममा बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएकाे छ ।

नवलपरासीकाे अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएकाे हाे । काेइरालाकाे हाेस् खुलेकाे अस्पतालले जनाएको छ ।

Facebook Comments