एमसीसी सम्झौता संसदबाट अनुमोदन नगराउन एमाले नेता भीम रावलकाे आग्रह

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउन नहुने बताउनुभएकाे छ ।

प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष एक स्मृति पत्र लेख्दै नेता रावलले यस्ताे आग्रह गर्नुभएकाे हाे ।

सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकाे उल्लेख गर्दै संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराउनुभएकाे हाे ।

उहाँले एमसीसी सम्झौता अनुमोदन गरेमा राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाका असर पुग्ने उल्लेख गर्नुभएकाे छ ।

नेता रावलले आजसम्म कुनैपनि देशसँग भएका अनुदान सम्झौता संसदमा अनुमोदनका लागि पेश नभएको भन्दै एमसीसी सम्झौतालाई किन संसदबाट पारित गर्नुपर्ने भन्ने प्रश्न समेत गर्नुभएकाे छ ।

Facebook Comments