सृजनामा.वि.को फुटसल प्रतियोगिता सम्पन्न
पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा यही चैत्र १७गते बिहीबारका दिन फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
यसै विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक सूर्य गिरीको संयोजकत्वमा सम्पन्न उक्त खेल भाटभटेनी सुपरमार्केटको फुटसल खेल मैदानमा भएको थियो ।
उक्त खेलमा छात्र तर्फ ९ र छात्रातर्फ ३ गरी १२ ओटा समूह सहभागीभएकाथिए ।कक्षा १२ सेक्सन ‘ग’व्यवस्थापनको समूहले छात्रा तर्फ प्रथम स्थानहासिलगर्न सफलभएको छ भने छात्र तर्फ कक्षा ११ सेक्सन ‘ख’ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
Facebook Comments

