मिटरब्याज पीडित प्रधानमन्त्री निवास बालुवाटारमा

पूर्वी तराइका जिल्लाबाट पैदल नै काठमाडौंमा आइ सडक संघर्ष गरिरहेका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेट गर्न पुगेका छन् । पीडितले आफ्ना वेदना प्रधानमन्त्री समक्ष राख्न पाउनुपर्ने बताएका थिए ।

यसअघि सरकारले बनाएकाे वार्ता समितिसँग मिटरब्याज पीडितले वार्ता गरेर माग राखेका थिए । उनीहरूका मागका सम्बन्धमा भएकाे छलफलमा करिब सहमति भएकाे बताइएकाे छ ।

आज बालुवाटारमा प्रधानमन्त्रीसँगकाे भेटपछि पुनः वार्ता गरेर सहमति गर्ने तयारी छ । गृहमन्त्रालयले पनि मिटरब्याज पीडितका समस्या समाधानका लागि शक्तिशाली आयाेग बनाउने तयारी गरेकाे छ ।

खास गरी साहुकारसँग ऋण लिएका तराइ क्षेत्रका साेझा सिधा नागरिकले सापटी लिएकाे भन्दा कयाैं गुना फिर्ता गर्दा पनि ऋण नसकिएकाे भन्दै जग्गा जमिन समेत गुमाएपछि पीडितहरू न्याय खाेज्दै काठमाण्डाैसम्म पैदल नै आएका हुन् ।

Facebook Comments