समाजवादी माेर्चाकाे सभा पाेखरामा, प्रधानमन्त्री सहितका नेताहरूले सम्बाेधन गर्ने

समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुँदैछ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा माेर्चाले सन्देश सभा गरिसकेकाे छ ।

पाेखरामा हुने सन्देश सभामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने कार्यक्रम छ ।

समाजवादी माेर्चाले हरेक प्रदेश तथा जिल्लाहरूमा समेत संयाेजन समिति गठन गरिरहेकाे छ । साेही अनुरूप गण्डकी प्रदेश संयोजन समिति पनि गठन गरिएको छ । मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य प्रदेश संयाेजन समितिमा रहने तथा अध्यक्षता भने आलोपालो गर्ने सहमति रहेकाे छ ।

Facebook Comments