८ दलका संघीय सांसद भेला हुने

नेपाली कांग्रेससहित ८ दलले आज काठमाडौंमा संघीय सांसदहरूकाे भेला डाकेका छन् । राष्ट्रपति एवं उपराष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै संघीय सांसदहरूलाई प्रशिक्षण दिन भेला गर्न लागिएकाे हाे ।

राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरू सहभागी हुने कार्यक्रम दिउसाे १ बजेबाट शुरू हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।

प्रशिक्षण कार्यक्रममा ८ दलका शीर्ष नेताहरू समे सहभागी हुने बताइएकाे छ ।

Facebook Comments