रिगल आममाफी प्रकरणः सर्वाेच्चले आज फैसला सुनाउने
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ ।
बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ ।
संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सरकारको उक्त सिफासिरसँगै ढकालले आममाफी पाएर जेलबाट छुटेपछि सवैतिरबाट सरकारकाे निर्णयकाे आलाेचना भएकाे थियाे । ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएकाे थियाे । साेही रिटकाे फैसला आज सुनाउन लागिएकाे हाे ।

