ग्याँस ट्यांकर दुर्घटनामा एक जनाकाे मृत्यु
एलपी ग्याँस बोकेर नारायणगढबाट काठमाडौं गइरहेको भारतीय नम्बर प्लेटको ट्यांकर दुर्घटनामा परेकाे छ ।
पृथ्वीराजमार्गको मुग्लिनबाट काठमाडाैंतर्फ लेबाटारमा उक्त ग्यास ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार इच्छाकामना गाउँपालिका–४ मा पर्ने लेबाटारमा साेमबार बिहान ६ बजे युपी ७० डिटी ६०५५ नम्बरको ट्यांकर अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।
ट्यांकरमा रहेका एक जना पुरूषको घटनास्थलमै मृत्यु भएको हाे । प्रहरीका अनुसार मृतकको नाम, ठेगाना, उमेर जस्ता परिचय खुल्न सकेकाे छैन ।
ट्यांकरमै रहेका अर्का व्यक्तिकाे घाइते अबस्थामा पुरानो मेडिकल कलेजको भरतपुरमा उपचार भइरहेकाे छ ।
Facebook Comments

