विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मई ३ (वैशाख २०) दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता दिवसका अवसरमा अवसरमा नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताका लागि विभिन्न आन्दोलन र संघर्षमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मई ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ । साथै प्रधानमन्त्री प्रचण्डले सन्देश मार्फत् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
दिवसका अवसरमा नेपाल पत्रकार महासंघले काठमाण्डाैं लगायत देशैभरका शाखाहरूमा कार्यक्रम गर्दैछ ।

