समाजमा नकारात्मकता बढ्याेः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाे बताउनुभएकाे छ । साथै मन्त्री शर्माले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्याउनका लागि भूमिका खेल्नुपर्ने बताउनुभयाे ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले समाजमा नकारात्मकता बढ्दा खराब मनसाय बोकेका पात्रहरू स्थापित भइरहेकाे जिकीर समेत गर्नुभयाे ।
सरकार प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले आगामी दिनमा प्रेस जगतले पनि थप जिम्मेवारी बोध गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिनुभयाे । महासंघले बुधबार सिनामंगलदेखि सञ्चारग्रामसम्म र्यालीको आयोजना गरेको थियो ।
Facebook Comments

