माओवादीको केन्द्रीय समिति बैठकः नेतृत्वकाे कडा आलोचना

नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक राजधानी काठमाण्डाैमा शुरू भएकाे छ ।

बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले पार्टी शीर्ष नेतृत्वकाे कडा आलोचना गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरूको चर्को आलोचना भएको हाे ।

कतिपय केन्द्रीय सदस्यले प्रधानमन्त्री निवास बालुवाटार ‘सामन्तवादको केन्द्र’ भएको टिप्पणी गरेका छन् । शीर्ष नेतृत्व परिवारवाद र सीमित निजी स्वार्थमा चरम रूपमा लिप्त हुँदा पार्टी र संगठन विजाेग बन्न पुगेकाे केन्द्रीय सदस्यकाे धारणा छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबारकाे बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

पार्टी नेतृत्वले लामाे समयपछि बसेकाे केन्द्रीय समिति बैठकमा लिखित दस्तावेज समेत प्रस्तुत गरेकाे छैन । अध्यक्ष प्रचण्डले दस्तावेज तयार भइनसकेकाे भन्दै माैखिक रूपमा नै धारणा राख्नुभएकाे हाे । कतिपयले पार्टी शान्ति प्रक्रियामा आएपछि सरकारी लाभकाे पदमा बसेका र उच्च नेतृत्वकाे सम्पत्ति सार्वजनिक एवं सरकारी निकायबाटै सम्पत्तिका छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

Facebook Comments