भूकम्प अपडेटः १३६ जनाकाे मृत्यु

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी १३६ जनाकाे मृत्यु भएकाे छ । जाजरकोटमा मात्र ९८ जना र रूकुममा ३८ जनाकाे मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ ।

ज्यान गुमाउनेहरूमा जाजरकाेटका भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

घाइतेहरूमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै, रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यहाँ ८५ जना घाइते छन् । उनीहरूमध्ये ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको छ । त्यस्तै, १० जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अहिले पनि खोज तथा उद्धारको काम जारी छ । सरकारले स्वास्थ्यकर्मी र अाैषधि पठाएकाे छ भने तत्कालका लागि १० कराेड रूपैयाँ जाजरकाेट र रूकुमका लागि पठाउने भएकाे छ ।

त्यस्तै नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस तथा मेसेज सेवा ५ दिनका लागि निशुल्क गर्ने भएकाे छ ।

Facebook Comments