राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि उम्मेदवार मनाेनयन गरिदैं
राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभा सचिवालयले मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि ताेकेकाे छ ।
सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आज उम्मेदवार चयन गर्दैछन् । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सरकारमा सहभागी नरहेका दलहरुबीच छलफलबाट उम्मेदवार तय हुने बताउनु भयाे ।
तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ । दलहरूले ध्यान नदिएकाले उपाध्यक्ष पद लामाे समय सम्म रिक्त भएकाे हाे ।
Facebook Comments

