टि-२० विश्वकप एसिया छनोटको फाइनल खेल हुँदै

टि-२० विश्वकप एसिया छनोटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि आज नेपाल र ओमानवीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपमा भने नेपाल र ओमानले खेल्न पाउने पक्का भइसकेकाे छ ।

बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान आमनेसामने हुनेछन्।

नेपालले मुलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल रहेकाे छ ।दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० ‍विश्वकप खेल्नेछन्।

Facebook Comments