जाजरकाेट भूकम्पः १५७ जनाकाे मृत्यु, ३७५ जना घाइते
शुक्रबार राती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुममा गरी १५७ जनाकाे मृत्यु भएकाे छ । गृहमन्त्रालयका अनुसार जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।
सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण हजाराैं घरमा क्षति पुगेकाे छ । जसले गर्दा खुल्ला आकाशमा नै पीडितहरूले रात विताएका छन् ।
शनिबार उद्धारमा ध्यान केन्द्रित गरेकाे सरकारले आइतबारबाट राहात र पुनर्स्थापनामा ध्यान दिने जनाएकाे छ । साेही बिषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक पनि बसिरहेकाे छ।

