फेदीखोला समाजको अध्यक्षमा लामिछाने

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा मिनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन), कोषाध्यक्षमा जितबहादुर क्षेत्री (राजकुमार) र सदस्यहरुमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सिता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दिपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम चयन भएका छन् ।

नयाँकार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक टंक प्रसाद पौडेल, सदस्यहरु रनबहादुर विश्वकर्मा र नारायण पनेरुले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गर्दै समाजका हरेक कार्यक्रमहरु फेदीखोला गाउँपालिकाको योजना अनुरुप संचालन गर्न अनुरोध गर्दै आफु र पालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहेको वताउनुभयाे ।

साथै उहाँले पालिकामा संचालन भएका योजना तथा भावी कार्यक्रमहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी दिएका थिनुभयाे । संस्थाका संस्थापक अध्यक्ष तथा फेदीखोला गापा वडा नं. २ का अध्यक्ष अविलाश गुरुङले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकामा थातथलो वा जन्म भई पोखरामा स्थायी वा अस्थायी रुपमा वसोवास गर्नेहरुको साझा संस्थाको रुपमा वृहत फेदीखोला पोखरा सम्पर्क समाज स्थापना गरिएकोले समाजले आपसी चिनजान तथा सहयोग आदनप्रदान गर्दै फेदीखोलाको विकासमा योगदान गर्ने लक्ष्य लिएको वताउनुभयाे ।

सो अवसरमा समाजसेवी प्रेम प्रसाद गौतम, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सम्मानित फेदीखोलाकी चेली समिक्षा खत्री, अक्षयकोषदाताहरु पुण्यप्रसाद सुवेदी र डा. चन्द्रबहादुर गुरुङलाई सम्मान पत्र, दोसल्ला र अविर लगाई सम्मानित गरिएको थियो ।

समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले संस्थाले आफ्नो उद्धेश्य अनुसारनै कार्य गर्दै गएको र कार्य गर्न साथ र सहयोग पनि पाएको वताउँदै आगामि दिनहरुमा पनि संस्थाको उत्तरोत्तर प्रगतिको लागि कार्य गर्ने वताउनुभयाे ।

संस्थाका अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष जगदिश लामिछानेले र संचालन सचिव लाल कार्की अन्जानले गर्नुभएकाे थियाे ।

Facebook Comments