नराम्राे काम नगर्ने गर्न पनि नदिने प्रधानमन्त्रीकाे प्रतिवद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यो कार्यकालमा नराम्रो काम नगर्ने र कसैलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्राेपटककाे सरकारकाे नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण रूपमा लिएकाे बताउनुभयाे ।
चुनौतीपूर्ण अवसरकाे पूराका पूरा सदुपयोग गर्नेतर्फ लाग्ने भन्दै उहाँले एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत रहेकाे बताउनुभयाे ।
प्रधानमन्त्री दाहालले पहिलो कार्यकालमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत गरिएको बताउनुभयाे । उहाँले विकास र समृद्धिको विजारोपण गरियो, किसानलगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न पहिलाे कार्यकाल स्मरणीय रहेकाे तथा दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संघीयताको जग बसाल्ने काम गरेकाे बताउनुभयाे ।
तेस्रो कार्यकाल सफल बनाउन सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखिने उहाँकाे भनाई थियाे । उहाँले संघीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारकाे प्राथमिकतामा रहेकाे बताउनुभयाे ।

