डाेनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दाेषी ठहर
अमेरिककाे न्युयोर्कको सिभिल कोर्टले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेकाे छ । याे फैसलासँगै सन् २०२४ मा हुने राष्ट्रपतिकाे निर्वाचनमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लाग्ने भएकाे छ । काेर्टले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।
एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि साे मुद्दामा यस्ताे फैसला भएकाे हाे ।
Facebook Comments

