विदेशबाट फर्कदा २ वटा मोबाइल ल्याउन पाइने

सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेशमा यस अगाडि रहेकाे एउटामात्र माेवाइल ल्याउन पाउने ब्यवस्थामा परिमार्जन गरी २ वटा माेवाइल ल्याउन पाउने ब्यवस्था गरेकाे हाे ।

विद्यमान झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था थियाे ।

साथै सरकारले १५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्ने क्रममा विवाद भइ स्थगत भएकाेमा अव साे प्रणाली पनि लागू गर्ने भएकाे छ ।

Facebook Comments