पाेखरामा सामाजिक सुरक्षाकोष सम्बन्धि छलफल

सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताउनुभएकाे छ ।

उहाँले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा फरक रहेको पनि बताउनुभयाे ।
पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले कोषमा आवद्ध हुनुका फाइदाबारे व्यापक प्रचार हुन नसकेको पनि स्वीकार गर्नुभयाे ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक सुरक्षा कोषले आफ्ना गतिविधिहरु जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयाे । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलले कोषसँग निजी क्षेत्रले सहकार्य गर्दै आएको बताउनुभयाे ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सुरक्षा कोषमा भन्झटरहीत तरिकाले आवद्ध हुने वातावरणको माग गर्नुभयाे । महासचिव बलराम आचार्यले अनौपचारिक क्षेत्रमा सुरक्षा कोष अझ पुग्न नसकेको बताउनुभयाे ।
 नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले महिलाहरुलाई कोषमा आवद्ध हुँदाका फाइदाहरु बुझाउनुपर्ने बताइन् ।
 सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले हालसम्म कोषमा ९ लाख ५० हजारजना श्रमिक आवद्ध भएको जानकारी गराए ।  

Facebook Comments