जनयुद्ध दिवसमा सार्वजनिक विदा

सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले सूचना निकालेर जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिनेबारे जानकारी दिएकाे हाे ।

यसअघि आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको थियाे ।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नै नेपालमा राजतन्त्रकाे अन्त्य भइ गणतन्त्र स्थापना भएकाे थियाे ।

तत्कालीन नेकपा (माओवादी) काे जाेडबलमा नेपालमा संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि हाँसिल भएकाे हाे । अहिलेकाे शासन प्रणाली पनि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएकाे मानिन्छ ।

Facebook Comments