चितवन २ मा वैशाख १० गते उपनिर्वाचन
रवि लामिछानेकाे सांसद पद खारेज भएकाे चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएकाे छ ।
निर्वाचन आयोगले आइतबार बसेकाे बैठकले उपनिर्वाचनकाे मिति घाेषणा गरेकाे हाे । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रिक्त प्रतिनिधिसभाकाे उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तर सहित निर्वाचित हुनुभएकाे थियाे । नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता लिएको र अमेरिकन नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेकाले पद नरहने भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद गएको थियो ।
Facebook Comments

