पहिराेले पृथ्वी राजमार्ग अवरूद्ध
तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ।
शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणका अनुसार पहिराे हटाउन पहल भइरहेकाे छ ।
त्यस्तै मुग्लिन नारायणगढ खण्डमा यात्रा गर्दा समेत सावधानी अपनाउन प्रहरीले अनुराेध गरेकाे छ। साे क्षेत्रमा लगातार पानी परेकाले सडकमाथिबाट पहिराे खस्ने जाेखिम छ ।
Facebook Comments

