तनहुँकाे ऐना पहराकाे पहिराे हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
तनहुँको आँबुखैरेनीमा गएको पहिरोले अवरूद्ध भएकाे राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
शनिबार साढे ६ बजे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको थियाे ।
पहिराे हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको हाे । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापनको टोली र स्थानीय पालिका एवं सडक डिभिजन कार्यालय तनहुँको टाेलीले सडककाे अवराेध हटाएकाे थियाे ।
Facebook Comments

