राष्ट्रपतिकाे सपथ आज
राष्ट्रपति रामचन्द्र पौडेलकाे सपथ र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे विदाइ कार्यक्रम हुँदैछ ।
राष्ट्रपति पाैडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् ।
पौडेलकाे आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे छ ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे थियाे ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म हुन पाउने संविधानमा उल्लेख छ ।
Facebook Comments

