धनकुटाकाे सिँधुवामा भीषण आगलागी, ६ घरमा क्षति
धनकुटा जिल्लाकाे छथर जोरपाटी गाउँपालिकाकाे सिँधुवा बजारमा भीषण आगलागी भएकाे छ । आगलागीका कारण ६ घर जलेर नष्ट भएको छ । हिजाे बेलुका ७ बजे लागेको आगलागीका कारण सिँधुवा बजारको काउली चाेक नजिकका घरहरू जलेर नष्ट भएका छन् ।
स्थानीयवासी दीपक खड्काका अनुसार आगलागीकाे कारण थाहा हुन सकेकाे छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन् ।
छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे थियाे ।
Facebook Comments

