मा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
मन्त्रिपरिषद् विस्तारबारे लगातार छलफल
मन्त्रिपरिषद् विस्तारसहितको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल २ नेतावीच हरेक दिन छलफल भइरहेकाे छ । तथापि सहमति भने जुटिसकेकाे छैन । झन प्रधानमन्त्रीमा प्रचण्डकाे समर्थन कांग्रेसले गरेका कारण समस्या हुन सक्ने बताइन्छ ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड सहित मन्त्रिपरिषद्का ८ सदस्यले पुस ११ गते शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्री प्रचण्डल पुष २६ मा संसदबाट विश्वासकाे मत लिनुभएकाे थियाे।
सत्ता गठबन्धनमा विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । मन्त्रालय बाँडफाँटको विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसकेकाे बताइन्छ ।
यसअघि मन्त्रिपरिदषद् विस्तारमा माेटामाेटी सहमति भएकाे बताइएकाे थियाे । गठबन्धनका दलहरू धेरै हुनु, ती दलले धेरै संख्या र महत्वपूर्ण मन्त्रालयमा दाबी गर्नाले पनि सहमति हुन नसकेकाे हाे ।

