निर्मला कुर्मीकाे मुद्दामा दाेषीमाथि कार्वाही हुन्छः गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीकाे मुद्दामा गम्भीर अनुसन्धान भइरहेकाे बताउनुभएकाे छ । कुर्मीकाे न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर गृहमन्त्री लामिछानेले दाेषाीमाथि कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
पीडितहरूले धर्ना बसेर प्रदर्शन गरिदिँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै गृहमन्त्री लामिछानेले आफूले दोषीलाई कुनै हालतमा पनि कारबाही गर्ने बताउनुभयाे ।
दाेषी उपर कार्वाही गर्न नसक्ने अवस्था भएमा बरू पदबाटै राजीनामा दिने गृहमन्त्री लामिछानेकाे भनाइ थियाे । निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्नकारीहरूको पक्षबाट रुवी खानले सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएकाे थियो ।
Facebook Comments

