सरकार र आन्दोलनरत यातायात मजदुरसँग वार्ता हुँदै
सरकार र काठमाण्डाैकाे नयाँ बसपार्क, बालाजु क्षेत्रमा आन्दोलनरत यातायात मजदुरवीच वार्ता हुँदैछ ।
आन्दोलनरत यातायात मजदुरहरूसँग मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता हुने यातायात ब्यवस्था विभागले जनाएकाे छ ।
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले बालाजु, माछापाेखरी तथा बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका ल्हाेत्से मल लगायतमा आगजनी गरेपछि साेमबार दिउँसाेदेखि साँझसम्म नै साे क्षेत्र तनाबग्रस्त बनेकाे थियाे ।
ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलन गरेका थिए ।
यद्यपि आन्दोलनकर्तासँग उनीहरूका मागका सम्बन्धमा छलफल र सहमति भएपनि बाहिर सडकमा भने उच्छृखंल गतिविधि भएकाे प्रहरीले जनाएकाे छ ।
सडकमा रहेका मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्। ट्राफिकले गर्ने जरिवानासँग मात्र नभइ बसपार्क लगायतका क्षेत्रमा पार्किङ गर्न राेक लगाएकाे बिषय लगायतमा यातायात व्यवसायी समेत असन्तुष्ट रहेकाले ताेडफाेड भएकाे हुन सक्ने बताइएकाे छ ।
यसअघि साेमबार ट्राफिकले ताेकेकाे नयाँ जरिवाना लगायतका बिषय तत्काल लागू नगर्न सहमति जुटेकाे थियाे । सहमति भएपनि सडकमा प्रर्दशनमा रहेका मजदुर भने ताेडफाेडमा उत्रिएका थिए ।

