यातायात बन्द फिर्ता

यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा सहमति जुटेकाे छ । वार्तामा सहमति भएसँगै मजदुरहरूकाे यातायात बन्द लगायतका आन्दोलन स्थगित भएको छ।

आज सिंहदरबारमा भएको वार्तामा उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्न मजदुर संगठनका प्रतिनिधि सहमत भएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् ।

वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गर्ने जनाएपछि सहमति जुटेकाे हा ।

यातायात मजदुरहरूको आन्दोलनका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन नचल्दा जनजीवन अस्तव्यस्त बनेकाे छ ।

देशका विभिन्न स्थानबाट काठमाण्डाै भित्रिएका सयाैं यात्रुहरू कलकीदेखि गन्तव्यसम्म पैदल हिडिरहेका देखिन्थे ।

सोमबार यातायात मजदुरहरूले प्रहरीका दुई भ्यानमा आगजनीसमेत गरेका थिए भने केही मजदुरहरूमाथि कुटपिट भएकाे थियाे । घटनामा संलग्नमाथि कारबाही गर्ने समझदारी छ ।

Facebook Comments