गाेर्खामा दुर्घटनामा २ जनाकाे मृत्यु

गोरखामा भएको मिनी ट्रक दुर्घटनाका २ जनाको ज्यान गएको छ ।

दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्का सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) आरुघाटका उमेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरूको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी शहीद लखन गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका–९ बस्ने रमला राना मगर, शहीद लखन गाउँपालिककै लाल बहादुर गुरुङ, नारायण भुजेल, बुद्धिबहादुर नेपाली, गोरखा नगरपालिका–१० की सावित्री बिक र बर्दियाका मंगल चौधरी घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments