नयाँ वर्ष २०८० साल सुरु

नेपालमा प्रचलनमा रहेकाे विक्रम सम्वत अनुसार आजबाट नयाँ वर्ष शुरू भएकाे छ । आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको हाे ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । पाेखरामा नया वर्षका अवसरमा महाेत्सवकाे आयाेजना गरिएकाे छ ।

नेपाल सरकारले आज सार्वजनिक विदा दिएकाे छ भने उच्च सरकारी अधिकारीहरूले शुभकामना दिएका छन् । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले सन्देश मार्फत् सबै नेपालीको उन्नती प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षका नेपालीहरू अवसरमा घुमघाम गर्ने, साथीभाइ भेटघाट गर्ने तथा एक आपसमा खानपान एवं मनाेरञ्जन गरेर आफन्तहरू सहित मनाउने गर्दछन् । कतिपयले नयाँ संकल्प लिने तथा आजका दिनबाट नयाँ योजना निर्माण, नयाँ कामकाे थालनी एवम् राम्राेका कामका लागि संकल्प गर्ने गर्दछन् ।

धार्मिक मान्यता अनुसार पनि आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभरी नै राम्राे हुने ठानिन्छ भने पुराना अर्थात विगतका नराम्रा कुरा विर्सेर सदभावका साथ नयाँ काम गर्ने संकल्प समेत आजकाे दिनमा गरिन्छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । राशी अनुसार विखु परेकाहरूले विशेष दान दातव्य गर्ने नजिककाे नदी ताल तलैयामा गएर स्नान गर्ने चलन छ ।

Facebook Comments