निलम्बित एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पदीय जिम्मेवारीबाट निलम्बित नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
आइतबार रायमाझीलाई बुढानीलकण्ठ नगरपालिका पासिकाेटबाट पक्राउ गरिएको हाे । प्रहरी प्रधान कार्यालयकाे बिशेष टाेलीले रायमाझीलाई बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ गरेकाे हो। पौडेल रायमाझीका साथी रहेकाे बताइएकाे छ ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले टोपबहादुर र छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। शुरूमा आफैं काठमाडौं प्रहरी समक्ष उपस्थित हुने बताएपनि पछि एकाएक सम्पर्कविहीन भएपछि प्रहरीले रायमझीलाई फरार सूचीमा राखेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअगाडि १२ जना प्रहरी नियन्त्रणमा छन् ।
Facebook Comments

