थप ८ मुलुकमा दूतावास खाेलिने

सरकारले नेपालीहरूकाे गन्तब्य बनेकाे थप ८ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा रहेका नेपालीहरूलाई कन्सुलर सेवा प्रदान गर्न दूतावास खाल्न लागिएकाे हाे ।

ती मुलुकहरूमा पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्की रहेका छन् । ती मुलुकमा राजदूतावास नहुँदा त्यहाँ रहेका नेपालीहरूले नजिक रहेका छिमेकी मुलुकसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता थियाे । जसले गर्दा उनीहरू समस्यामा थिए ।

नयाँ खाेलिने यी दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहेछन् ।

नयाँ दूतावास खाेल्न लागिएका मुलुक हेर्ने दूतावासहरूका अनुसार पोर्चुगलमा ४५ हजार, रोमानियामा २१ हजार, १० हजार, टर्कीमा १० हजार, माल्दिम्भसमा १२ हजार र पोल्यान्डमा २१ सय नेपाली कार्यरत रहेका छन् । युरोपमा भने गैरकानुनी रूपमा समेत प्रवेश गर्ने गरेकाे पाइएकाे छ ।

Facebook Comments