मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता अनिवार्य गरेकाे छ । साेमबारदेखि याे प्रणाली लागू गरेको हा्े ।

वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस प्रणाली लागू गर्ने जानकारी दिएको थियो ।

नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे चल्न नमिल्ने गराइनेछ । त्यस्ता अवैध हुनेछन् भने त्यस्ता सेटमा कुनै पनि सञ्चार नेटवर्क सेवा उपलब्ध हुँदैन ।

सरकारले याे प्रणाली कार्यान्वयन गर्नु अगाडि वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक अर्थात् दुइटा मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियाे ।

प्राधिकरणको सूचनाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् ।

६ महिना वैदेशिक राेजगारीमा गएका भन्दा अन्य विद्यार्थी, भिजिट भिसा, विजनेश भिसामा गएकाहरूले भने एकभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याएसरह कर तिर्नुपर्छ । फोनको मूल्यका आधारमा २.५ प्रतिशत अन्तः शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्दछ ।

Facebook Comments