ललितपुरमा मोटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु
मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी सिन्धुलीका दुई जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा भएकाे दुर्घटनामा सिन्धुली मरिण गाउँपालिकाका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
सडक छेउमा रहेको रूखमा ठोक्किएर साे दुर्घटना भएकाे हाे ।
Facebook Comments

