टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चार प्राधिकरणकाे निर्देशन

टिकटक तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ।

यसअगाडि नै दुरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेकामा केही इन्टरनेट प्रदायकका नेटवर्कमा टिकटक चलिरहेकाे भन्दै पुनः अर्काे सूचना जारी गरेकाे हाे ।

प्राधिकरणद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ।’

निर्देशन पालना नभए दूरसंचार ऐन २०५३ काे दफा ४७ बमाेजिम कार्वाही हुने प्राधिकरणकाे सूचनामा उल्लेख छ ।

Facebook Comments