पाेखरा महानगरले फूलमेला तथा प्रदर्शनीमा नबिकेका प्रति फूलमाला २० रूपैयाँ सहयाेग दिने
पोखरा महानगरपालिकाले यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप २० रुपैयाँ प्रदान गर्ने भएको छ।
महानगरको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत फूलमेला तथा प्रदर्शनी भएकाेमा मागभन्दा बढी आपूर्तिका साथै बाह्य क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएकाे व्यवसायीहरूकाे गुनासाे थियाे ।
फुल तथा माला नबिकेर मर्कामा परेका किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला २० रुपैयाँका दरले सहयाेग प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिकाले जनाएकाे छ ।
पाेखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार किसानले प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला २० रुपैयाँका दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय गरिएकाे छ ।

