धनुषामा हराइरहेकी एक बालिका मृत फेला, २ जना प्रक्राउ

धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका अर्धनग्न अवस्थामा मृत भेटिएपछि बलात्कार भएकाे शंका गरिएकाे छ ।

बुधबारदेखि हराएकी धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।

प्रहरीले शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको जनाएकाे छ।

सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका परिवारकाे साथमा विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् ।

सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २÷३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो । त्यसैक्रममा अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

दुईजना जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

Facebook Comments