ग्यास सिलिण्डर बिस्फाेट हुँदा सांसद चन्द्र भण्डारी र आमा घाइते
गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवं कांग्रेस नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते हुनुभएकाे छ ।
भण्डारीकाे निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा उहाँ र उहाँकी ८६ वर्षीय आमा हरिकला भण्डारी घाइते हुनुभएकाे हाे ।
भण्डारीकाे अवस्था खतरामुक्त आमाकाे अवस्था भने गम्भीर रहेकाे पारिवारीक श्राेतले जानकारी दिएकाे छ । दुवै जनाकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेकाे छ।
Facebook Comments

