विमान दुर्घटनाः २ जनाकाे अवस्था अज्ञात, खाेजी कार्य जारी

यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ७० जनाकाे शव फेला परेपनि २ जनाको अवस्था भने अझै अज्ञात छ ।

आइतबारदेखि हिजाे साेमबार दिनभर खाेजी हुँदा पनि सम्पर्कविहीन रहेका २ जनाको अवस्था अज्ञात छ । दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयाे ।

आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान सेती नदीकाे खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

भेटिएका र सनाखत भएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफन्तलाई बुझाउन थालिएको छ । पहिचान नभएका र काठमाडाैं र विदेशका यात्रुहरूकाे शव काठमाडाैं ल्याउने तयारी छ ।

दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको शव काठमाडौं लगिने प्रहरीले जनाएकाे छ । सरकारले दुर्घटनाकाे छानविन लागि जाँच आयाेग गठन गरेकाे छ । छानविन आयाेगले काम सुरू गरेकाे छ ।

Facebook Comments