माैसमः एक-दुई स्थानमा हल्का हिमपात हुने
हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाले जनाएकाे छ। महाशाखाले देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले चिसाेबाट बच्न सतर्कता अपनाउन भनेकाे छ।
Facebook Comments

