विवाहपञ्चमी महोत्सवः मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो ।
मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ । त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
जनकपुरमा विवाहपञ्चमी महोत्सवका अवसरमा साताव्यापी रूपमा हर्षाेल्लासका साथ मनाउने क्रम जारी छ ।
Facebook Comments

