नामिबिया नेपालसँग ३ विकेटले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार भएकाे खेलमा नेपालसँग नामिबिया ३ विकेटले पराजित भएकाे छ ।
लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।
घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए भने ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन जाेडेका थिए । नेपाली टाेलीका कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रन ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
Facebook Comments

