हेटौंडाको सहिद स्मारक बन्दैछ पर्यटकका लागि गन्तव्यस्थल

मकवानपुरको हेटौंडामा रहेको सहिद स्मारक पार्क आन्तरिक तथा बाहय पर्यटकका लागि आर्कषक गन्तव्यस्थल बनेको छ । पार्कमा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताहरुको शालिक, आर्कषक बगैंचा निर्माण गरिएको छ ।

यसका साथै विभिन्न पशुपंक्षीलाई केजमा राखेर अवलोकनको ब्यवस्था मिलाइएको छ भने स्वीमिङ पुल, पिङ लगायतमा इच्छुकहरुले मनोरन्जन लिन सक्नेछन् यसका साथै समूहमा पिकनिक गर्नका लागि सेडको व्यवस्था पनि पार्क भित्र नै मिलाइएको छ ।

सिजनमा हजारौंले अवलोकन गर्ने पार्कमा २०८० को श्रावण महिनामा मात्रै पनि झण्डै १८ हजार जनाले पार्कको अवलोकन गरेका छन् । पूर्वपश्चिम राजमार्गबाट करिव १ किमीको दुरीमा रहेको पार्कमा खुल्ला एवं मनोरम र वनजंगलको वीचमा रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाई बनेको छ ।

पार्कमा विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको ढुंगामा कुँदेर बनाइएको शालिक राखिएको छ । विद्यार्थी तथा अनुसन्धान गर्न चाहनेहरुका लागि २०५१ सालमा स्थापना भएको यो स्मारक आर्कषक गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।

Facebook Comments