श्रमिककाे न्यूनतम पारिश्रमिकमा वृद्धि
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेकाे छ । पारिश्रमिक वृद्धिको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरिएपछि याे कार्यान्वयनमा जाने भएकाे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको न्यूनत्तम पारिश्रमिक वृद्धि गरेकाे हाे ।
अवदेखि श्रमिककाे मासिक पारिश्रमिक न्यूनत्तम १७ हजार ३ सय रुपैयाँ हुनेछ ।
वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२० रूपैयाँ र महँगी भत्ता ६ हजार ४८० रूपैयाँ गरी १७ हजार ३०० रूपैँया पुर्याइएको छ । यसअघि श्रमिककाे न्यूनत्तम पारिश्रमिक १५ हजार थियाे ।
दैनिक आधारभूत ४१८, महँगी भत्ता २५० सहित जम्मा ६६८ तोकिएको छ । यसअघि श्रमिकका न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै थियो ।
यस्तै चिया बगानका श्रमिकको हकमा भने मासिक १३ हजार ८९३ पुर्याइएको छ । जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ छ ।


