स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को लागि मतदान हुँदै

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरूमा बिहानदेखि मतदान सुरु भएको हो ।

 मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ भने कतिपय क्याम्पशहरूमा विवादका कारण केहीदिन पछि हुने जनाइएकाे छ ।

कतिपय क्याम्पशमा भने विद्यार्थी संगठन वीचकाे विवादले गर्दा चुनाव नै अनिश्चित बनेकाे छ ।

Facebook Comments