स्पेनको बार्सिलोना शहर नेपालमय
आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली खानाको स्टलको साथमा “नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम ” भब्यताका साथ सम्पन्न भएको छ।
नेपाली जनप्रगतिशील मंच,स्पेनका अध्यक्ष विशाल ढुंगानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथीको रूपमा नेकपा माओवादी केन्द्र प्रवाश संमन्वय समितिका सदस्य गंगा प्रसाद भुसाल ज्यू ,एन आर एन ए युरोप संयोजक चिन्तामणी सापकोटा ज्यू, एन आर एन ए स्पेनका अध्यक्ष शालिकराम डुम्रे ज्यू , नेपाली जनप्रगतिशील मंच युरोप कमिटि सदस्य कृष्णहरि कंडेल ज्यू ,एन.आर.एन.ए. आई.सि.सि. सदस्यहरू दिनेश कुमार गिरी ज्यू,प्रवाशी नेपाली मंच स्पेनका अध्यक्ष हेमन्त रानाभाट ज्यू , रहनुभएको थियो भने अन्य अतिथीहरूमा स्पेन स्थित जातिय , क्षेत्रिय ,युवा, महिला, कलाकार लगाएत सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरू को उपस्थिति रहेको थियो ।

साथै हजारौ नेपाली दाजुभाई तथा दिदिबहिनिहरूको बाक्लो उपस्थिति रहेको थियो। दैनिक हजारौ विदेशी पर्यटकहरूको भिड लाग्ने साग्रदा फामिलिया चर्च अगाडि खुल्ला आकाश मुनि आयोजित कार्यक्रम दिनको चार बजे बाट सुरू भएको थियो।
कार्यक्रमको मुख्य आकर्षणमा नेपाली विभिन्न जातजाती , भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,तामागं समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरूले आ आफ्नो प्रस्तुतीहरू देखाउनुभएको थियो भने बिभिन्न नेपाली पोशाकमा उपस्थित नेपालीहरूले नेपाली राष्ट्रिय गित गाउदा हजारौ पर्यटकहरूले तालि बजाएर स्वागत गरेका थिए भने नेपाली गित बज्दा नाचीरहेका थिए।
नेपाली खानाहरूको परिकार सहित स्टल रहेको कार्यक्रमा विभिन्न मुलुकका र स्पेनका गरि करिव १० हजार पर्यटकहरूले अवलोकन गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अशोक किरण न्यौपानेले बताउनु भयो।
कार्यक्रममा सास्कृतिक कार्यक्रमको साथमा नेपाल पर्यटन बोर्डले तयार गरेका नेपाल सम्बन्धि प्रचार सामाग्रीहरू , भिजिट नेपाल लेखेका टिसर्टहरू ,पोस्टरहरू , नेपाली झन्डा , ढाका टोपी पनि स्टल बाट पर्यटकहरूलाई वितरण तथा जानकारीको लागि राखिएको र नेपाल भ्रमणका पर्यटकहरूलाई निमन्त्रणा गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष विशाल ढुंगानाले जानकारी दिनुभयो।
विभिन्न समयमा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरू विभिन्न संघ संस्थाहरूले स्पेनमा गरिरहेता पनि बार्सिलोना नगर पालिका संग सहकार्य गरेर खुल्ला रूपमा यति धेरै जनसहभागिता माझ भएको यो नै एैतिहासिक कार्यक्रम हो जसको सम्पूर्ण संयोजन नेपाली जनप्रगतिशील मंच र बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागले गरेको थियो भने कार्यक्रमको संचालन लोकप्रिय उद्घोशक एलिशन मगरले गर्नु भएको थियो।

