राष्ट्रिय वाणिज्य बैंकले कर्जाकाे ब्याज भुक्तानीमा ५ % छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम छुट दिने भएकाे छ । बैंकले आफ्ना सबै ऋणी ग्राहकहरुलाई साे छुट दिने निर्णय गरेको हाे ।

व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको ऋणमा छुट दिन लागेकाे हाे ।

बैंकले ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी,कमसल, शंकास्पद,खराब) वा जतिसुकै अवधिको ओभरड्यू नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट दिइने जनाएकाे छ ।

यसरी पाउने ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता जम्मा गरिने छ ।

Facebook Comments